२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा छैन: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए ।

उनले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभई स्वायत्त छुट्टै निकाय बनाइने बताए । उनले नियमन, स्वनियमन, संवर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुने गरी व्यवस्था मिलाउने बताए ।

“हाम्रो एउटा अनुरोध के छ भने प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शंका तपाईंहरूलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ नि, हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ । त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला,”उनले भने ।

वर्तमान सरकार नियन्त्रित लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्त्रताको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्