२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

मन्त्रिपरिषद्को बैठक ।

काठमाडौँ । सरकारले नुवाकोट हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँच आयोग गठन गरेको हो ।

आयोगमा विष्णु बस्न्यात र तनुजा पोखरेल सदस्य छन् । बस्न्यात सिम्रिक एयरका मेन्टिनेन्स मेनेजर र पोखरेल पर्यटन मन्त्रालयकी सीडीई (एरोनटिकल) हुन् । पोखरेलले आयोगको सदस्यसचिवका रूपमा पनि काम गर्नेछन् ।

मन्त्रीपरिषद्को बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगलाई ३० दिनको समयावधि दिइएको जानकारी दिए ।

काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा बुधबार ५ जनाको मृत्यु भएको थियो । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीतर्फ गइरहेको हेलिकप्टर नुवाकोटको  शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको थियो । 

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । उक्त दुर्घटनामा क्याप्टेन मल्लसहित हेलिकप्टरमा सवार चार चिनियाँ नागरिकको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्