पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको हो । बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।
मृत्यु हुनेहरूमा वतन नखुलेका १६ वर्षीय सुहास राय, १० वर्षीय परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीय नीलिमा जाउडे, ४२ वर्षीय सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीय नीलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीय पल्लादे सरादे, ४५ वर्षीय अनिता पाटेल, नाम नखुलेका ५० वर्षीय महिला, ५२ वर्षीय भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक केसीले जानकारी दिए ।
त्यस्तै, मृत्यु हुनेमा ५१ वर्षीय रोहिणी जाउडे, ६० वर्षीय सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीय लीना भारण्डे, नामथर नखुलेका ५०/५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५/५० वर्षीय सरोज मनोज झिरुक, नामथर नखुलेका ३५/४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीय भारती जाउडे र ५१ वर्षीय सरला तुलसीराम तायडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा ६० वर्षीय सुनिल झाण्डे, ४५ वर्षीय भारती पटेल, ३२ वर्षीय अविनास पटेल, ४५ वर्षीय रेखा कोटी, ५५ वर्षीय न्यारेश्वर नोन्डे, ५८ वर्षीय आनन्द इक्ले, ६० वर्षीय आशा पाण्डुरा, ६० वर्षीय सारदा पटेल, ५५ वर्षीय प्रवीण पटेल, ४० वर्षीय मनिषा भङ्गाडे, ५६ वर्षीय हेमराज सरौती, ५८ वर्षीय आशा बोन्डे, ४३ वर्षीय रुपाली सरौदी, ४५ वर्षीय सीमा झिङ्गठे, ६० वर्षीय सुनोदिन झाउडे, ५५ वर्षीय नेलिमा घेरोङ रहेका छन् । दुर्घटनामा घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।
शुक्रबार दिउँसो बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् ।