२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री ओली

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत 'एन्टिमाइक्रोबायल रेसिस्टेन्स' (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र 'एन्टिमाइक्रोबायल रेसिस्टेन्स' घटाउने बताए ।
उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नव प्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्