२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

बाढीको वितण्डाः विपद्‍मा परी ६६ जनाको मृत्यु तथा ७९ जना बेपत्ता

काठमाडौँ । तीन दिन यताको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार बेलुकीसम्म देशभर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार हालसम्म विपद्मा परेर ३५ जना घाइते भएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । उनकाअनुसार ललितपुरमा १८ जना काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

यसैगरी पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २,  सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीले ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेको बताएको छ । 

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ भने दुई सयभन्दा बढी घर क्षति भएको छ । 

नेपाल प्रहरीका सह प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिए । 

उनका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्