२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

फाइल फोटो

काठमाडौँ । धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 
उक्त पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन् । यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए ।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११:५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन् ।
घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्