१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

डडेलधुरामा भएको बस दुर्घटनामा पाँचको मृत्यु

फाइल फोटो

डडेलधुरा । डडेलधुरामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । 

बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको  शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्