१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सरकारले कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने

फाइल फोटो

काठमाडौँ । सरकारले पोहोर कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को शुक्रबार बसेको बैठकले गएको वर्षदेखिका सबै पीडित समेटिने गरी पुनर्निर्माण, पुनर्स्थापना र अस्थायी आवास बनाउने निर्णय गरेको हो ।
बैठकले वर्षभर विपद्ले गरेको क्षतिको जतिसक्दो विवरण सङ्कलन गर्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ ।
बैठकले पुनर्निर्माण, पुनर्स्थापना एवम् अस्थायी आवास निर्माणका कार्यक्रम समयसीमा तोकेर सक्दो छिटो गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्