संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारीका लागि आवेदन आह्वान
तस्बिरः राम भण्डारीको फेसबुक
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिस समितिको सचिवालयले शुक्रबार आवेदन आह्वान गरेको छ । इच्छुक व्यक्तिलाई आवेदन फारम भरेर एक साताभित्र सिफारिस समितिको सचिवालयमा पठाउन भनिएको छ ।
इच्छुक उम्मेदवारले नियुक्त भएको अवस्थामा आफूले गर्न सक्ने योगदान र रणनीति ५०० शब्दमा नबढाई लेखेर पठाउनु पर्ने सचिवालयले जनाएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिस सम्बन्धी छनोट प्रक्रिया, २०८१ सालमा आवेदकको नाम कानुन, न्याय तथा संसदीय मामिला र आयोगहरूको वेबसाइटमार्फत सार्वजनिक सकिने उल्लेख छ ।