२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

साइबर अपराध कसुरमा दुर्गा प्रसाईँ पक्राउ

फाइल फोटो

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेको छ । 
मंगलबार (आज) बिहान उनलाई भक्तपुरस्थित घरबाटै पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डिआइजी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले मंगलबार बिहान १० बजे अदालत खुले लगत्तै पक्राउ पुर्जी जारी गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको जनाएको छ । उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने तयारी सिआइबीले गरेको छ ।

प्रसाईँले सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विभिन्न आरोप लगाएका थिए । प्रसाईँलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अदालतबाट म्याद थपपछि अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्युरोलाई बुझाइने जनाएको छ ।

सोमबार प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियामा लगानी रहेको प्रमाण भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यसअघि पनि प्रसाईँ एक महिलाले आफ्नो चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका थिए । उक्त कसुरमा धरौटीमा छुटेका प्रसाईँ पुनः साइबर अपराधमा पक्राउ परेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्