अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन् ।
सातौँ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केही दिन मात्रै काम गरेको भएपनि अस्थायी र ज्यालादारी कर्मचारीहरूले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने बताए ।
थोरै सेवा गरेकाहरूलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरूलाई कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।