२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्नुपर्छ: प्रधानमन्त्री ओली

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकलाई वास्तविक हकका रूपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताएका छन् । 
राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/०८१ को १६ औँ वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए । 

उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका 'महत्त्वपूर्ण आदेश सङ्ग्रह'को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो ।
प्रमुख आयुक्त गुरुङले आफूहरूको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फर्स्यौट गरिएको जानकारी गराएका थिए । वर्तमान प्रमुख आयुक्त गुरुङ, आयुक्तहरू कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्