२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

राष्ट्रपति समक्ष चार देशका राजदूतले लिए शपथ

काठमाडौँ । चार देशका लागि नियुक्त भएका राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथग्रहण गरेका छन् । 

आज राष्ट्रपति निवास शीतल निवासमा ४ देशका लागि नियुक्त भएका राजदूतहरूले शपथ लिएका हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ लिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्