२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी कमिटीका अध्यक्ष झावबीच भेटवार्ता

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी कमिटीका अध्यक्ष झाव लेजीबीच बेइजिङस्थित ग्रेट हल अफ  पिपलमा भेटवार्ता भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले मंगलबार सीपीसीका स्थायी कमिटीका अध्यक्ष झावबीच भेटवार्ता भएको हो ।
यसअघि उनले चिनियाँ राष्ट्रपति सी जिङ फिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेटवार्ता गरेका थिए । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चार दिने औपचारिक भ्रमणमा चीन गएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्