२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

बीआरआई फ्रेमवर्कमा छिटै हस्ताक्षर गर्ने नेपाल र चीन सहमत

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । नेपाल र चीनले आपसी विकास रणनीतिहरूको समन्वयलाई थप मजबुत बनाउन र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति जनाएका छन् ।
मंगलबार सार्वजनिक गरिएको संयुक्त वक्तव्यमा आपसी विकास र रणनीतिको समन्वयलाई थप मजबुत र बेल्ट एन्ड रोड परियोजनामा गहिरो सहकार्य गर्ने सहमति भएको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौँ सीमापार रेलमार्ग, काठमाडौँ–हेटौँडा पोडवे, दुई सय २० केभी प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय लगायतका विषय अनुदानमा लिने गरी प्रस्ताव गरेको थियो ।
टोखा–छहरे सुरुङमार्ग बाहेकका अन्य कुनै पनि विषयमा सहमति गर्न चीन तयार नभएपछि नेपालले गरेको प्रस्तावमाथि छलफल हुन सकेन । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेको सहमतिमा नेपालका तर्फबाट बीआरआई अन्तर्गत अनुदानमा लिने गरी परियोजनाहरू प्रस्ताव गरिए पनि चिनियाँ पक्षले असहमति जनाएको हो ।
तर दुवै देशले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल निर्माण र बेल्ट एन्ड रोड फ्रेमवर्कमा सक्दो चाँडो समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको उल्लेख छ ।
मंगलबारै प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि नौ बुँदे सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्