२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
चिनियाँ समकक्षीको निमन्त्रणामा मङ्सिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएको थियो । भ्रमणका क्रममा बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग भेटवार्ता गरेका थिए ।
सोही भ्रमणका क्रममा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्