२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सार्वजनिक प्रसारण संस्थाको अध्यक्षमा डा. विष्ट नियुक्त

फाइल फोटो

काठमाडौँ । सार्वजनिक प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) को अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । 

उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा सरकारले नियुक्त गरेको हो । हालै प्रतिनिधि सभाबाट रेडियो नेपाल र टेलिभिजनलाई एउटै ऐनबाट सञ्चालन गर्ने गरी विधेयक पारित भएको थियो ।

सोहीअनुसार विष्ट पहिलो अध्यक्ष नियुक्त भएका हुन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका विष्ट यसअघि नेपाल टेलिभिजन र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष भएर काम गरिसकेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्