२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशनको मिति

काठमाडौँ । प्रेस चौतारी नेपालले राष्ट्रिय महाधिवेशनको मिति तोकेको छ । 

चौतारीको बुधवार बसेको दसौँ सचिवालयको बैठकले केन्द्रीय महाधिवेशनको मिति आगामी फागुन २३, २४ र २५ गतेको लागी कोसी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको हो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले संगठनको दसौँ महाधिवेशन तयारीको लागी विभिन्न उपसमिति समेत गठन गरेको छ । 

जसअनुसार महाधिवेशन मूल आयोजक समितिको संयोजक अध्यक्ष बस्नेत आफै रहेका छन् भने राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखनको जिम्मेवारी उपाध्यक्षद्वय गणेश पाण्डे, राजेश राई तथा महासचिव हिरामान लामा रहेको उपसमिति गठन गरेको छ ।

यसैगरी महाधिवेशनको प्रचारप्रसार उपसमितिको संयोजक उपाध्यक्ष देविका घर्ती मगरलाई तोकिएको छ भने स्थानीय व्यवस्थापनका लागि कोशी प्रदेश इन्चार्ज तथा सचिव विक्रम लुइँटेललाई जिम्मेवारी ताकिएको छ । 

बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चौतारीको नेतृत्व सर्वसम्मत चयन हुने बताए । उनले संगठनले पत्रकार महासंघमा हासिल गरेको उपलब्धिलाई शक्तिमा बदल्दै बलियो संगठन निर्माणमा लाग्न आग्रह गरे । 

त्यस्तै बैठकका प्रमुख अतिथि एवम् जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले महाधिवेशन घोषण गर्ने चौतारी दोस्रो जनसंठन रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्