१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सचिन परियारको निधनमा प्रधानमन्त्रीले गरे दुःख व्यक्त

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनमा दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् ।

उनले सचिनको तस्बिर पनि सेयर गरेका छन् । प्रधानमन्त्रीको पोस्टमा थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रिया दिइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्