१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

चीनमा नयाँ भाइरसको संक्रमण फैलियो

फाइल फोटो

एजेन्सी, 

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ ।


कोरोना भाइरसजस्तै लक्षण रहेको यो संक्रमणका कारण सयौं बिरामी परेका छन् । ह्युमन मेटान्युमो नामाकरण गरिएको यो भाइरस नयाँ आरएनए भाइरस हो ।

यो भाइरसको असर सबैभन्दा बढी साना बालबालिकामा देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरस संक्रमित भएका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण देखिएका छन् ।


बिरामीको संख्या लगातार बढिरहेकोले यस्ता लक्षण देखा परेमा तुरुन्त चिकित्सको सल्लाह लिन सुझाव दिइएको छ । खोक्दा र हाच्छ्यु गर्दा भाइरस फैलिने खतरा बढी हुने र भाइरसको असर बढी भएमा ब्रोंकाइटिस र निमोनिया पनि हुनसक्ने चेतावनी दिइएको छ ।


चीन सरकारले भने यो भाइरस नियन्त्रणका लागि नयाँ निगरानी प्रणालीको परीक्षण गरिरहेको छ । सन् २००१ मा पहिलो पटक फेला परेको योे भाइरस सबै मौसममा जीवित रहन सक्ने र तर चिसो मौसममा फैलिने सम्भावना बढी रहने चिनिया चिकित्सकहरुले जनाएका छन् । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्