२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

रासस

बन्दीपुर,

लिक भाँचिएपछि तनहुँको बन्दीपुर केबलकारको सेवा बन्द भएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।


डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्