२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

शङ्कास्पद लाइसेन्स परीक्षणमा

फाइल फोटो

काठमाडौ, 

शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ ।


श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो ।

सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका अनुसार बागमतीका यातायात कार्यालयहरूले ती लाइसेन्सको अध्ययन गरेपछि सक्कली भए सम्बन्धितलाई वितरण गरिने छ । गोरखापत्रमा खबर छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्