रवि लामिछाने पक्षको बहस सकियो
फाइल फोटो
कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने पक्षको बहस सकिएको छ । रविको पक्षबाट ११ जना अधिवक्ताले बहस गरेका छन् ।
उदाउँदो राष्ट्रिय स्वतन्त्र पार्टी र रविलाई सध्याउनकै लागि हदम्याद सकिइसकेको मुद्दामा गैरन्यायिक तरिकाले पक्राउ गरेर अभियोजन दर्ता गरिएको रविका अधिवक्ताहरूको जिकीर छ ।
प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रहरी प्रमुखसम्मले रवि निर्दोष छन् भन्ने बोलेको भिडियो देखाउँदै प्रतिशोधकै कारण अहिले मुद्दा चलाइएको तर्क उनीहरूले पेश गरे ।
मंगलबारको बहसमा पनि रकम गएको भनिएको गोर्खा मिडियालाई विपक्षी नबनाई रविलाई विपक्षी बनाइनु नै प्रतिशोध भएको जिकिर गरेका छन् ।