२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सिआइबीले गर्‍यो धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ

फाइल फोटो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ ।

सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा बढी सोधपुछ गरेको हो ।

आज मध्याह्न १२ बजेदेखि अपराह्न ५ बजेसम्म बयान लिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन् ।

सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्