मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन शून्य प्रतिशत
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन प्रतिशत शून्य रहेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगका सदस्य मिहीर ठाकुरले यस्तो जानकारी गराएका हुन् ।
'आयोगको वर्तमान हाम्रो कार्यकालको सिफारिस कार्यान्वयन प्रतिशत शून्य छ । अगाडि १४ प्रतिशत सिफारिस भएको थियो । हाम्रो पालामा एउटा पनि सिफारिस कार्यान्वयन भएन,’ उनले भने । आयोगका अध्यक्ष तपबहादुर मगरले पनि सिफारिस कार्यान्वयन अवस्था कमजोर रहेको बताएका थिए ।