२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

भ्वाइस अफ नेपालको छैटौँ सिजन शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को एक्सक्लुसिभ प्रिमियर गरिएको छ । बानेश्वरस्थित आइएनआईको हल एनबी सेन्टरमा प्रिमियर गरिएको हो ।

हिमालय टिभी एचडीबाट प्रसारण हुँदै आएको शोको छैटौं सिजन शुक्रबारदेखि सुरु हुँदैछ । प्रसारणको पूर्वसन्ध्यामा आयोजित प्रिमियर समारोहमा शोसम्बद्ध व्यक्तिहरू सहभागि रहे ।

प्रिमियरमा संचारकर्मीसँग कुरा गर्दै निर्देशक पौडेलले नयाँ सिजनमा लोक क्षेत्रबाट खेम सेन्चुरीले कोचको रुपमा प्रतिनिधित्व गर्ने बताए । द भ्वाइस अफ नेपालको सिजन सिक्समा उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राई कोचको रुपमा छन् ।

द भ्वाइस अफ नेपालको सिजन ६ शुक्रबारदेखि हिमालय टिभी एचडीमा प्रसारण हुँदैछ । शो प्रत्येक शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुनेछ ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्