२८ वैशाख २०८३, सोमबार
11 May , 2026,Monday

‘डिभोर्स’ चर्चाबारे यसो भन्छिन्, एलिना चौहान: अहिल्यै यसबारे केही बोल्दिनँ

काठमाडौँ ,

चर्चित गायिका एलिना चौहान फेरि आफ्नो वैवाहिक जीवनको कारण चर्चामा आएकी छिन्। उनको श्रीमान विष्णु सापकोटासँग सम्बन्ध बिग्रेको हल्ला छ, र एक टेलिभिजन शोमा डिभोर्सको कुरा पनि आएको छ। केही दिनअघि, गायिका ज्योति मगरले हिंसा भोग्ने ुगायिका बहिनीु बारे लामो स्टाटस राखेकी थिइन्, तर पछि त्यसलाई हटाएर व्यक्तिगत कुरा सार्वजनिक नगर्ने तर्क गरिन्।

विष्णु, जो अस्ट्रेलियामा रेस्टुरेन्ट चलाउँछन्, गत वैशाखमा एलिनासँग विवाह गरेका थिए। विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। तर छोटो समयमै नेपाल फर्किइन् र त्यहाँबाट फिर्ता भइनन्। नेपाल फर्केपछि उनी ओशोमार्गी भइन्, तपोवनमा गइन्। अहिलेसम्म उनले आफ्नो सम्बन्धबारे केही बोल्न चाहेकी छैनन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्