३० साउन २०८३, शनिबार
15 August , 2026,Saturday

आज देशभरको मौसम यस्तो रहने छ

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्शमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्