मर्निङवाकको क्रममा भका खाँदै प्रचण्ड, चियापान र खाना कता खाँदै छन् प्रचण्ड ?
विराटनगर,
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी नेपालमा छन् । शुक्रबार साँझ विराटनगर पुगेका प्रचण्ड बिहीबार कान्छा ज्वाइँ जीवन आचार्यको घरमा बसेका थिए ।
आज (शनिबार) बिहानै ज्वाइँको घरबाट प्रचण्ड मर्निङवाकमा निस्किएका हुन् । तराईंमा हाल हुस्सु लागेको छ । बाक्लो हुस्सुमा उनी भन् मर्निङवाकसमा निस्किएका हुन् ।
प्रचण्डको बिहानको नास्ता (ब्रेकफास्ट) भने पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा हुने छ ।
यसैगरी उनले बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ ।