२९ साउन २०८३, शुक्रबार
14 August , 2026,Friday

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा

काठमाडौं । चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीको पहिचान भएको छ । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।

उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले दिए । उनका अनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए ।

असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत छन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकै डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्