१७ जना एसपीको सरुवा, हेर्नूहोस् को कहाँ ?
फाइल फोटो
काठमाडौँ । नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । केही जिल्लाका एसपी एसएसपीमा बढुवा भएका र केहीको एक वर्ष पूरा भएकाले जिल्ला प्रहरी प्रमुखसमेत हेरफेर गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार यसअघि चितवनमा खटाइएका एसपी गौतम मिश्रलाई पर्सामा सरुवा गरिएको छ । चितवनको प्रहरी प्रमुखमा राजन लिम्बु सरुवा भएका छन् ।
इलाममा एकनारायण कोइरालालाई खटाइएको छ । दुर्गाराज रेग्मी नुवाकोट, रामेश्वर कार्की सिन्धुपाल्चोक र सन्तोष तामाङ बाराको प्रहरी प्रमुखमा सरुवा भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा अपिलराज बोहरा र ललितपुरमा नरहरि रेग्मीलाई सरुवा गरिएको छ । यी दुवै जिल्लामा प्रमुख भने एसएसपी हुन्छन् ।
हेर्नूहोस् पुरा विवरण:


