१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

गायिका एलिना चौहानले दायर गरिन सम्बन्ध विच्छेदको मुद्दा

फाइल फोटो

काठमाडौँ । गायिका एलिना चौहानले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले बिहे गरेको १ वर्ष नपुग्दै श्रीमानसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी हुन् ।

उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी चौहानले सम्बन्ध विच्छेदको मुद्दामा सापकोटाले आफ्नो चरित्रमाथि धेरै शङ्का गरेको, काममा बाधा दिएको र शङ्का गरेको आरोप लगाएकी छन् ।

मानाचामल नलिने गरी मुद्दा दायर गरेकी उनले बिहे गर्दाका गरगहना भने फिर्ता नगर्ने बताएकी छन् । 

सापकोटा र चौहानबीच लामो प्रेम सम्बन्धपछि बिहे भएको थियो ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्