२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

कृषिमा आधुनिकीकरण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ

तस्बिरः सञ्चारमन्त्रीको सचिवालय

लमजुङ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरुरी रहेको बताएका छन् । 
लमजुङस्थित वडा ८ मा रहेको सिमलचौर भूमिगत सिचाइ अन्तर्गत बोरिङ उद्घाटन गरेपछि मन्त्री गुरुङले स्थानीयमा खेतीपाती र उत्पादनमा जोड दिन आग्रह गरे ।
'पूर्वाधार बनाउने काम सरकारको हो भने विकासको गतिविधि गर्ने काम तपाईँहरूको हो', उनले भने । यो वर्ष लमजुङ जिल्लाको घर घरमा टेलिफोन र इन्टरनेट पुर्‍याउने काम गर्ने समेत उनले प्रतिबद्धता जनाए । बोरिङ सिचाइ आएपछि यसको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे । 
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिलेको सरकारले जनताको हितमा थुप्रै कदम चाल्दै गएको समेत जानकारी दिए । उनले बिग्रिएको र भत्किन लागेको मुलुकलाई सुधार्न दुई ठुला दल गठबन्धनमा आएकाले सरकार ढल्छ कि ढल्दैन भन्ने विषयमा चिन्ता नगर्न समेत आग्रह गरे । 
'वि.सं. २०७७ मा केपी शर्मा ओलीको सरकार ढलेपछि मुलुकमा निकै अस्थिरता भयो । अहिलेसम्म केही काम भएन । सरकार त छ तर, काम गर्न सकेको थिएन । एक वर्षमा चार वटा सरकार बन्यो । राजनीतिक अस्थिरताले गर्दा सरकार पिच्छे बजेट ल्याउने र अलपत्र पार्ने भयो । “हाम्रो न राजस्व उठ्यो न खर्च हुन सक्यो', मन्त्री गुरुङले भने, 'यि सबै समस्या समाधान गर्न अहिलेको सरकारले अभ्यास गरिरहेको छ ।'
बर्खे पानीको भरमा खेती गर्नु पर्ने अवस्था अहिले बोरिङ आएपछि समाधान हुने स्थानीयले विश्वस्त भएका छन् । वडा ८ का अध्यक्ष धनसिंह तामाङले पानीको अभावले थुप्रै खेत बारी बाँझै रहेको हुँदा अब भने बोरिङ मार्फत खडेरी हट्ने र खेती गर्न सकिने बताए । वडा अध्यक्ष गुरुङले स्थानीय किसानहरूलाई समेत भूमिगत सिँचाइको भरपुर सदुपयोग गर्न समेत आग्रह गरे ।
'अब हाम्रो खेत बाँझो हुने छैन', उनले भने, 'भन्दै स्थानीयलाई सिचाइको भरपुर सदुपयोग गर्नुहोला ।'

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्