२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

अध्यादेशको नाममा राजनीति नगर्नुस्: मन्त्री गुरुङ

फाइल फोटो

काठमाडौँ । सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अध्यादेशका नाममा राजनीति नगर् आग्रह गरेका छन् । रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको बुधबार भक्तपुरमा उद्घाटन गर्दै मन्त्री गुरुङले त्यस्तो बताएका हुन् । 
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकारले अध्यादेश ल्याएको स्पष्ट पार्दै मन्त्री गुरुङले भने, 'भ्रष्टाचार अन्त्य गर्न, कुशासनको अवस्थालाई सदाका लागि बिदा गर्न विद्यमान कानुनमा सुधार गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर अध्यादेश ल्याएका हौँ । यो अध्यादेश संसदबाट नै पारित हुन्छ । र संसद्लाई छल्ने कुरा आउँदैन ।'
अध्यादेशको नाममा राजनीति नगर्न आग्रह गर्दै उनले कर्मचारी तन्त्रलाई देश र सरकारप्रति जिम्मेवार बनाउन अध्यादेशमा विविध प्रावधान राखिएकाले अध्यादेश कसैको विरोधमा लक्षित नरहेको बताए ।विभिन्न मन्त्रालय र कार्यालयहरूमा फाइल अड्काएर राख्ने प्रवृत्ति देखिएकाले सरकारले त्यस्ता ढिलासुस्ती र अनियमितता अन्त्य गर्न पनि कानुनमा सुधार गर्न पनि अध्यादेश ल्याउन परेकाले राजनीति नगर्न मन्त्री गुरुङले आग्रह गरे । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्