२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने

फाइल फोटो

काठमाडौँ । काँग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन गर्ने भएको छ ।
उच्च सरकारी कार्यालय वीरगन्जले पुनरावेदनको रायसहित पठाएको मिसिलका आधारमा महान्यायाधिवक्ताको कार्यालयले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको हो । ढिलोमा आइतबारभित्र पुनरावेदनका लागि निवेदन दर्ता गराउने तयारी महान्यायाधिवक्ता कार्यालयको छ ।
वि.स. २०६४ सालको संविधान सभा अघिल्लो दिन चैत २७ गते भएको विस्फोटका घाइतेलाई आलमसहितका व्यक्तिले जिउँदै ईंटाभट्टामा हालेर हत्या गरेको अभियोग थियो । वि.स. २०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेपनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले उक्त फैसला उल्टाउँदै आरोपी सबैलाई सफाइ दिएको थियो ।
सफाइको फैसला गर्ने न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि अनुसन्धान भइरहेको छ । सर्वोच्च अदालतमा तानेर न्यायाधीश विनोद शर्माको अध्यक्षतामा गठित समितिले उनीहरूमाथि छानबिन गरिरहेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्