२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

पेट्रोल र डिजेलको मूल्य घट्यो

फाइल फोटो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा एक रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ ०३ पैसा र डिजेलमा १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुनेगरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य घटाएको हो ।

हेर्नूहोस् नयाँ मूल्यसूचीः


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्