१२ कार्तिक २०८३, बुधबार
28 October , 2026,Wednesday

एघार प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

फाइल फोटो

काठमाडौँ । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो ।
यसरी बढुवा सिफारिस हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधि ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाँल रहेका छन् ।
उनीहरूलाई प्रहरी नियमावली, २०७१ को नियम (२७) को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्