११ असार २०८३, बिहिबार
25 June , 2026,Thursday

इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा ध्रुवराज भट्टराई नियुक्त

फाइल फोटो

काठमाडौँ । इन्जिनियरिङ परिषद्को रजिस्ट्रारमा तनहुँ निवासी ध्रुवराज भट्टराई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ २७ गते रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो । जसमध्ये ६ जना आवेदकको नाम संक्षिप्त सूचीमा परेको थियो ।
भट्टराईसहित कामेश्वर यादव, कुल भूषण शर्मा, ज्योत्सना श्रेष्ठ, रमेश ज्ञवाली र शिव मंगल गिरी थिए । ती मध्येबाट भट्टराईलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्