२७ साउन २०८३, बुधबार
12 August , 2026,Wednesday

तन्नेरिहरूलाई लट्ठै पार्दै ज्योती मगर (भिडियो)

काठमाडौँ । गायिका, मोडल तथा प्रफर्मर ज्योती मगरले नयाँ गीत 'लट्ठै पर्‍यो तन्नेरी' बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् । शुक्रबार उनको युट्युब च्यानल ज्योती मगरमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । 

तीज आउनै लाग्दा सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा ज्योती मगर सारी र कुर्था सलवारमा प्रस्तुत भएकी छिन् । गीतकार नेत्र अर्यालको शब्द तथा योगेश काजी शाहको संगीत एवं संगीत संयोजन रहेको उक्त गीतमा ज्योतीले स्वर दिएकी छिन् । 
सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोमा ज्योती मगर आफैले अभिनय गरेकी छिन् । रितेश सिंजाली मगर र रमेश लामाले सह-कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् भने अमृत चापागाईँले सम्पादन गरेका छन् । 

हेर्नूहोस् भिडियो:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्