२८ साउन २०८३, बिहिबार
13 August , 2026,Thursday

गृह मन्त्रालय पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने

फाइल फोटोः आन्दोलनकारीले आगो लगाउनुअघिको गृह मन्त्रालय

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको गृह मन्त्रालयको भवन प्रयोगयोग्य नहुँदा मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (ओपीएमसी) पनि भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त भएकाले मन्त्रालय बस्ने नयाँ भवन त्यहाँ प्रयोगमा ल्याइने भएपछि गृह मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयतर्फ सार्न लागिएको हो ।
यसअघि उक्त भवनमा परराष्ट्र मन्त्रालय सार्ने तयारी भए पनि आन्दोलनपछि गृह मन्त्रालयलाई प्राथमिकता दिइएको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले हाल प्रयोगमा रहेको भवन प्रयोगयोग्य नहुँदा सार्नुपर्ने अवस्था आएको बताए । उनका अनुसार नयाँ व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयारी गरिरहेको छ ।
यता, गृह मन्त्रालय अन्तर्गत सुरक्षा समन्वय महाशाखाको ‘कन्ट्रोल रुम’ भने हाल भग्नावशेषमै सञ्चालन भइरहेको छ । सो महाशाखाले मुलुकभरको सुरक्षा अवस्थाको मनिटरिङ तथा आपतकालीन उद्धारका लागि हेलिकोप्टर व्यवस्थापनजस्ता काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्