२७ साउन २०८३, बुधबार
12 August , 2026,Wednesday

छ महिनाभित्र नयाँ संसद्लाई कार्यभार सुम्पिन्छौँः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यावश्यक संस्थाहरूमा छानीछानी प्रहार भएको बताएका छन् । पदभार ग्रहणपश्चात् उच्च सरकारी अधिकारीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले त्यस्तो बताए । 'प्रहरीका चौकी, थाना जले । अदालतका फाइल नस्ट भए । सिंहदरबारमा पनि भयो । बडो आश्चर्यको कुरा छ किन अत्यावश्यक भवन तथा कागज नस्ट गरिए ? अलिकति लाज पनि लाग्यो', उनले भने, 'नेपाली नै भएर यो काम गरेको भए तिनलाई कसरी नेपाली भन्ने । यो देशमा यस्तो पहिलो पटक भएको छ । अनुहार देखाउन नसक्ने अवस्था छ । षड्यन्त्रै भएको पो हो कि ? अनुसन्धान गरेर यसरी नोक्सान गर्नेहरूलाई छानबिन गर्नुपर्ने छ।”आफू रहरले प्रधानमन्त्री नबनेको पनि उनले बताइन् । म रहरले आएको होइन । सडकबाट जताततै आवाज उठ्यो विवश भएर आउनुपर्‍यो । सत्ताको रसास्वादन गर्न म आएको होइन ।'
उनले ६ महिनामात्र अवधि काम गर्ने र त्योभन्दा बढी नबस्ने अनि नयाँ आउने संसद्‌ र मन्त्रीलाई सुम्पने अठोट गरेको बताइन् । उनले सुरक्षा निकाय तथा अन्य सबैको साथविना यो सम्भव नहुने भएकाले सहयोगको अपिल पनि गरिन् । 
४४ मिनेट पहिले दुःखद् परिस्थितिमा ज्यान गुमाएका परिवारप्रति समवेदना अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना, मृतक परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख दिइने नयाँ प्रधानमन्त्रीलाई स्वागत गर्दै मुख्य सचिव एकनारायण अर्यालले शुभकामना व्यक्त गरेका छन् । सुरुमा भदौ २३ र २४ का घटनामा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली प्रकट गर्न एक मिनेट मौन धारण गरिएको छ ।दुःखद परिस्थितिमा परिवारप्रति समवेदना अनि घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । स्वागत कार्यक्रममा जानकारी दिँदै मुख्य सचिव अर्यालले यो साता भएका घटनाहरूमा परी ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी अनि ३ जना प्रहरी गरी ७२ जनाको ज्यान गएको बताए । 

त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते भएको उनले बताए । घाइतेहरूको सरकारले नि:शुल्क उपचार गर्ने र मृतकका परिवारलाई १० लाख क्षतिपूर्तिस्वरूप दिइने पनि उनले बताए । अर्यालले विषम परिस्थितिमा धेरै चुनौती रहेको भन्दै युवा पुस्ताको विषयहरूको सम्बोधन गर्न सुशासन र सेवा प्रवाह गर्नु पर्ने अवस्था रहेको बताए ।
४९ मिनेट पहिलेजेन जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७२ मूख्य सचिव एक नारायण अर्यालले प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमका अवसरमा सम्बोधन गर्ने क्रममा दिएका जानकारी अनुसार गत सोमवारको जेन जी आन्दोलनयता भएका विभिन्न हिंसाका घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगको छ । उनले १९१ जना घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको पनि जनाए । उनका अनुसार आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्