बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेक सर्वोच्चका सबै सेवा बन्द
फाइल फोटो
काठमाडौँ । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने जानकारी दिएको छ ।जेनजीको आन्दोलनको दोस्रो दिन (भदौ २४)मा सर्वोच्च अदालतमा भएको तोडफोड र आगजनीपछि कामकारबाही अवरुद्ध भएको भन्दै मुख्य रजिस्ट्रारले विमल पौडेलले सूचना जारी गरेका हुन् ।
'आगजनी, तोडफोड एवम् लुटपाटको कारण सेवा प्रवाहका पूर्वाधार तथा सूचना प्रविधि प्रणालीमा भएको गम्भीर क्षतिसमेतको कारण हाललाई बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह गर्न नसकिने अवस्था सृजना भएको हुँदा...,' सूचना भनिएको छ,'...सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत आज बसेको पूर्ण बैठकको जानकारीअनुसार अनुरोध छ।'
हेर्नूहोस् सूचना:
