महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा
फाइल फोटो
काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएकाे महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीले जानकारी दिए । उनका अनुसार बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
‘उहाँ (महान्यायाधिवक्ता)ले भदौ २४ गते पदबाट राजीनामा दिनुभएको हो,’ पुडासैनीले भने, ‘राष्ट्रपति कार्यालयबाट उहाँले राजीनामा दिएको जानकारी आज आएको जानकारी दिए ।'
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।