मिर्गौला पीडित हमाललाई हङकङबाट नौ लाख सहयोग
तस्बिरहरूः शब्दन्युज
ललितपुर । मिर्गौला पीडित ३१ वर्षीय प्रतापविक्रम हमाललाई हङकङबाट नौ लाख बढी आर्थिक सहयोग प्राप्त भएको छ।
दुई वर्षदेखि दुवै मिर्गौलामा समस्या भएर उपचार गराइरहेका हमालको मिर्गौला प्रत्यारोपणका लागि सहयोग प्राप्त भएको हो। उनी सुमेरु अस्पतालमा हप्ताको दुई पटक डायलिसिस गराउँदै आएका छन्। उनलाई पर्वत जिल्ला विहादी गाउँपालिका शालिग्राम वार्ड ६ घर भई हाल हङकङ निवासी दुर्गाबहादुर थापा, शान्ती थापा र खुम गुरुङको नेतृत्वमा ९ लाख १६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो।
सहयोग रकम बिहीबार ललितपुरको धापाखेलमा एक कार्यक्रमको आयोजना गरी बिरामीलाई हस्तान्तरण गरिएको छ।
.jpeg)
हमालको उपचार सहयोगका लागि दुर्गा थापा, मतीश्री पुनमगर र रसना गुरुङ लगायतको नेतृत्वमा पर्वत क्लब हङकङका बटर फ्लाई भलिबल गेमका क्रममा सहयोग संकलन गरिएको थियो । त्यसैगरी मिर्गौला पीडितको उपचार रकम संकलनका लागि लक्ष्मी गुरुङ, राजकुमार श्रेष्ठ, महेश पुन, सन्तोष थापा, किरण गुरुङ, पुष्पा थापालगायतले लागि हङकङमा सक्रियता देखाउनुभएको थियो।
हमालको परिवारले थप सहयोग गरिदिन आग्रह गरेको छ।
.jpeg)