१४ चैत २०८२, शनिबार
28 March , 2026,Saturday

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त, मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ शाह शुक्रबार नेपालका प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अभिलेखअनुसार शाह आधुनिक नेपालको ४३औँ प्रधानमन्त्री हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह गत महिना भएको निर्वाचनबाट प्रतिनिधिसभामा चुनिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शुक्रवार बिहान नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका हुन्। सो व्यवस्थाअन्तर्गत राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्छन् र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन्छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन पनि गरेका छन्। प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए। शपथग्रहण समारोहको आरम्भमा शङ्ख नाद गरिएको थियो भने १०८ बटुकहरूले स्वस्ति वाचन र १०८ बौद्ध लामाहरूले मङ्गल पाठ गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्