१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

संघीय संसद्का कर्मचारीले गरेको आन्दोलनबारे बालुवाटारमा छलफल

काठमाडौँ । संघीय संसद् सचिवालयका कर्मचारीले गर्दै आएको आन्दोलनबारे प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समेतको उपस्थितिमा आइतबार बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो । 
उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी भएको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
मुख्य सचिव डा. वैकुण्ठ अर्याल र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय समेत  बैठकमा उपस्थित छन् ।सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गर्दै आएका छन् ।
अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद् सचिवालयका कर्मचारीहरू आन्दाेलन गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्