रञ्जिता श्रेष्ठलाई हटाएर नाउपा दलको नेतामा चुनिए गंगा चौधरी
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन् ।
पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन् ।
जसअनुसार लालवीर चौधरीलाई प्रमुख सचेतक बनाइएको छ ।
पार्टीका संरक्षक रेशम चौधरी र रञ्जिताबीच पछिल्लो समय तीव्र मतभेद हुँदै आएको छ । मन्त्रीपरिषद् पुर्नगठनको पूर्व सन्ध्यामा पार्टीले रञ्जितालाई दलको नेताबाट हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । प्रतिनिधिसभामा नाउपा केन्द्रका चार सांसद छन् । ती मध्ये तीन जनाले मात्र पछिल्लो निर्णयमा हस्ताक्षर गरेका छन् ।
हेर्नुहोस् विज्ञप्ति:
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?