२२ जेठ २०८३, शुक्रबार
5 June , 2026,Friday

सात दिने भ्रमणका लागि उपसभामुख राना चीन प्रस्थान

काठमाडौँ । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छन् । 

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसन (4th China Xizang Trans -Himalayan Forum for International Cooperation) मा भाग लिन आज अपरान्ह १२ बजे छेन्दु तर्फ प्रस्थान गरेकी हुन् । 

रानाले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ  र उपसभामुख रानाका स्वकीय सचिव कुमार नेपाली सहभागी छन् ।

हिमालयन फोरम फर इन्टरनेशनल कर्पोरेसन हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा चासो राख्ने फोरमको रूपमा रहेको छ । 

भ्रमण सकेर उपसभामुख राना असार २४ गते स्वदेश फर्कने छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्