१० साउन २०८३, आइतबार
26 July , 2026,Sunday

सहकारी समस्या छानबिनको विषय सरकारले प्राथमिकतामा राखेको छ: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक बन्ने बताएका छन् । 
सोमबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । उनले भने, 'सहकारीको समस्या समाधानको विषय सरकारले प्राथमिकतामा राखेको छ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।'
समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे । 
देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 
यस्तै छानबिन समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धी मुद्दामा जेलमा भएकाहरूको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरे । 
गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।
यस्तै सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने बताए । 
बैठकमा गृह सचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) वसन्त कुँवर पनि सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्
यो पनि हेर्नुहोस्