राज्य व्यवस्था तथा सुशासन समितिमा जाँदै प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा
उपस्थित हुने भएका छन् । समितिका सभापति रामहरि खतिवडाले मंगलबार दिउँसो २ बजे बस्ने समितिको बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुन लागेको बताए ।
प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक समितिको बैठकमा उपस्थित हुन लागेका हुन् । यसअघि गत १६ गतेको बैठकमा पनि ओलीलाई समितिमा आमन्त्रण गरिएको थियो । तर, उनले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्रीलाई समितिमा पठाएका थिए ।
आजको बैठक कानुन समितिको हलमा हुनेछ ।